Thursday, April 14, 2011

अग्लो शिवजीमा अकल्पनीय भीड

tallest-shivas222.jpgभक्तपुर, वैशाख १ - नयाँ वर्ष २०६८ का अवसरमा बिहिवार भक्तपुरको चित्तापोलस्थित शिवजीको १ सय ४८ फिट अग्लो प्रतिमास्थल हेर्नेकेा भीड लागेको छ । नया वर्षको विदा मनाउन आएकाहरुले भीड भएको हो ।
'आजको भीड हामीले कल्पना गरेका थिएनौ' प्रतिमा निर्माणकर्ता कमल जैन भन्छन-'शिव भक्तको पवित्र दिन शिवरात्रीमा भन्दा अकल्पनीय बढी दर्शनार्थीहरु आए ।'
उनका अनुसार कम्तीमा दुईलाख भन्दा बढी दर्शनार्थीले प्रतिमाको दर्शन गरे । भीडका कारणले आवागमनमा असुविधा हुदा गाडीमा परिवार सहित आउने कम्तीमा २० हजार दर्शनार्थीहरु मूल सडकबाटै फर्किएको थिए ।
पर्यटन मन्त्रालयले आर्कषक गतव्यको सूचिमा राखेेको शिवजीको प्रतिमास्थल क्षेत्र घुम्नेहरुको संख्या केही दिन यता एकदमै बढेका दावी मूर्ति निर्माता जैनको छ । जैनका अनुसार त्यसरी घुम्न आउनेहरुमा विदेशीहरुको संख्या पनि उल्लेख्य छ । मन्दिर प्रवेशमा कुनै शुल्क नलाग्ने भएकाले भीड बढेको हो ।
प्रतिमास्थल र पार्क क्षेत्रको आर्कषण बढाउन जैनले केही समय यता झण्डै एक करोड रुपैया भन्दा बढीको ढुङ्गाको आर्कषक प्रतिमाहरु थपेका छन । घुम्न आउने बढ्दो भीडलाई मध्यनजर गरी मन्दिर र पार्क क्षेत्रमा झण्डै पाँच सय मान्छेहरु बस्न मिल्ने फलाम र ढुङ्गाका कुर्सीको व्यवस्था गरिएको छ । एकल लगानी गरेका जैनले शिव प्रतिमा निर्माणका लागी करीव ११ करोड खर्च गरेका छन ।   
मन्दिर क्षेत्र जाने र र्फकनेहरुको चापका कारण भक्तपुर बनेपा सडक खण्डमा दिनभरी नै ट्राफिक जाम भएको थियो । 'मन्दिर उक्लिने क्षेत्रमा चार जना ट्राफिकलाई खटाउदा पनि आवागमन सहज नभएपछि थप जनशक्ति पठाउनु परयो ।' भक्तपुरका ट्राफिक प्रमुख रविन्द्र श्रेष्ठ भन्छन ।
प्रतिमास्थल जाने बाटो उकालो, साँघुरो र कच्ची भएकाले पर्व र बिदाहरुमा आउन जान ठूलो समस्या हुदै आएको छ ।  तितौराको लागी प्रसिद्ध चित्तापोलमा शिवजीको भीमकाय प्रतिमा बनेपछि आन्तरिक पर्यटकको चापले उक्त क्षेत्रमा सोच्दै नसोचेको व्यपार फस्टाएको छ । सार्वजनिक बिदा र पर्वको अवसरमा चित्तपोल क्षेत्रको सबै पसलहरुमा खचाखच भीड देखिन्छ ।

0 comments:

Post a Comment

(Please comment here)